नरसंहार हुनबाट सयौंकाे ज्यान जाेगाएका ‘होटल रुवान्डा’ पक्राउ

241

काठमाडौं – रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका पउल रुसेसाबगिनालाई रुवान्डा प्रहरीले पक्राउ गरेको छ।

करिब ८ लाख मानिस मारिएको उक्त नरसंहारको बेलामा आफूले संचालन गरेको होटलमा सयौं मानिसहरुलाई सकुशल राख्न पउल सफल भएका थिए।

रुसेसाबगिनाले उनीहरुलाई बचाउन गरेको संघर्षमा आधारित रहेर सन् २००४ मा हलिउड फिल्म ‘होटल रुवान्डा’ निर्माण भएको थियो।

आतंकवादसम्बन्धी कसुरमा उनलाई अन्तर्राष्ट्रिय सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर, पउललाई पक्राउ गर्न कुनकुन राष्ट्रले सहयोग गर्‍यो भनेर चाहिँ खुलाइएको छैन।  पउलविरुद्ध त्यहाँको प्रहरीले अन्तर्राष्ट्रिय वारेन्ट नै जारी गरेको थियो।

सन् १९९४ मा अन्त्य भएको नरसंहारपछि उनले आफूलाई त्यहाँको सरकारले निशाना बनाउँदै आएको आरोप लगाएका थिए।  सुरक्षाको खतरा उत्पन्न भएपछि उनी सन् १९९६ देखि रुवान्डा छाेडेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here