59

ललितपुर, १९ भाद्र । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी हुनुभएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार, १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्याएर मन्दिरमा विराजमान गराउने कार्यक्रम रहेको छ ।

बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनलगायत अन्य पदाधिकारी, गुठी संस्थानका पदाधिकारीको उपस्थिति थियो । यसैगरी, बैठकमा रातो मछिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने कुरा भएको जानकारी दिनुभयो ।

ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।
उहाँले जातीय समूह, ३१ जना पुजारीहरू, खलः पुच, ज्यापू महागुठी, राजनीतिक दलहरू दिउँसोको घटनालाई लिएर खेद व्यक्त गर्नुभएको बताउनुभयो ।

यसैगरी, गुठी संस्थानका प्रवत्ता सरोज थपलिया सरोकारवालाहरू पुजारीको अध्यक्ष, बाराहीको नाइके, रथ निर्माण गर्नेउहाँहरूलाई बोलाएर यस्तो परिस्थतिमा कसरी जाने छलफल गर्न बोलाएको हो । उहाँले भन्नुभयो, गुठी संस्थानले गर्ने भनेको पर्व पूजाहरू, रथ निर्माणहरु गर्दा आवश्यक सामाग्रीहरू दिने हो जुन संस्थानको दायित्व हो ।

थपलियाले थप्नुभयो, निषेधज्ञामा नित्य पूजाबाहेक अरु कुनै पनि धार्मिक कार्यहरू नगर्ने भन्ने उल्लेख भएको छ । यस्तो अवस्थामा रथ तान्नुपर्छ भन्न मिल्दैन । छोटो विधिबाट रथको कार्यविधि सम्पन्न गर्ने कुरा रहेको खबर आजको गोरखापत्रले छापेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here