आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ८३ हजार सात सय ४० पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ९१ लाख ६२ हजार ६ सय १९ नाघेको छ ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।
हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९२ हजार आठ सय १८, ब्राजिलमा एक लाख २६ हजार दुई सय ३०, भारतमा ७० हजार ६ सय ६९, मेक्सिकोमा ६७ हजार तीन सय ५६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।