एमसीसी बिरुद्ध अहिले आठ बजे ब्ल्याक आउटकाे घाेषणा

202

२७ भदौ, काठमाडौँ । आज साँझ ८ बजे अचानक ब्ल्याकआउट कार्यक्रमको घोषणा गरिएको छ ।
एमसीसी विरोधी अभियानले सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकले एमसीसी पास गर्ने खतरा बढेको भन्दै त्यसको विरुद्धमा ‘बत्ती निभाऔं, ब्ल्याक आउट गरौँ’ भन्ने कार्यक्रम घोषणा गरेको हो ।

नेकपाको स्थायी समितिको बैठकले एमसीसी पास गर्ने चोरदुलो खोज्दै स्थायी समितिको अधिकारक्षेत्रबाट पनि ‘पार्टीले निर्णय गर्ने’ भन्दै अमूर्त कुरा गरी अलमलाउँदै धूत्र्याँइपूर्वक पन्छिने प्रपन्च गर्न खोजिएको भन्दै एमसीसी विरोधी अभियानका संयोजक नारायण शर्माले त्यसको विरोध स्वरुप ब्याल्यकआउट कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

‘यसप्रकारको निर्णयका विरुद्धमा तत्काललाई सांकेतिक रुपमा आज भाद्र २७ गते साँझ आठ बजे पाँच मिनेटको लागि मात्र भएपनि (बत्ती निभाउने) कार्य गरी विरोध जनाउने गर्न हामी सम्पूर्ण देशभक्त नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौं ।’ सार्वजनिक अपिलमा भनिएको छ ।

एमसीसी विरोधी अभियानको बत्ती निभाउने कार्यको मार्क्सवादी एकता अभियान, नेपालले समर्थन गरेको छ ।
अभियानका संयोजक शम्भु कट्टेलले सामाजिक सञ्जालमार्फत जनाइएको ऐक्यबद्धतामा भनिएको छ– ‘क्रान्तिकारी मार्क्सवादी विचारको विकास, अधुरो जनगणतांत्रिक क्रान्ति पूरा गर्ने, जनजीबिकाका र अर्थतंत्रका समस्या अध्ययन र राष्ठ्रीय स्वाधीनताको रक्षा गर्ने आन्दोलनमा लागेकाहरुबीच एकता बढाई पीडित श्रमजीबी बर्गको मुक्तिमा प्राथमिकता दिएर योगदान गर्ने उध्देश्य लिई भरखरै स्थापना भएको “मार्क्सवादी एकता अभियान, नेपाल”ले आज राती ८ बजे देखी ५ मिनटसम्म बत्ती निभाएर देशघाती एम् सी सी संझौताको सांकेतिक बिरोध गर्ने ःऋऋ खारेज अभियान, नेपालको आह्वान प्रति ऐक्यबध्दता जाहेर गर्दछ।’

स्मरणरहोस् एमसीसी विरोधी अभियानले एमसीसी राष्ट्रघाती भएको भन्दै अहिलेकै अवस्थामा पास गर्न नहुने भन्दै विरोध कार्यक्रम गर्ने देखि विभिन्न चरणमा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । एमसीसीको विरुद्धमा काठमाडौँ उपत्यकाका २२ वटा संघसंस्थाहरुले वक्तव्य सार्वजनिक गरेका छन् भने राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वहरुले संयुक्त अपिल गरिसकेका छन् ।

आयोजक शर्मा सत्तारुढ नेकपाका प्रभावशाली नेता हुन् भने एमसीसीको विरुद्धमा सो पार्टीका स्थायी समितिका सदस्य लिलामणि पोखरेलले पार्टी बैठकमा नोट अफ डिसेन्ट नै लेखेका छन् । आजको बक्ति निभाउने कार्यक्रम उपत्यकाको स्थानीयवासीको पनि समर्थन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here