रातो मच्छिन्द्र नाथ रथ तान्ने क्रममा हिरासतमा रहेका सबै अभियन्ता रिहा

175

ललितपुर – पुल्चोक घट्नामा पक्राउ गरिएका अभियन्ताहरूलाइ समाएकाे विराेधमा उपत्यकाबासीहरू उत्रिएपछि  अभियन्ताहरु सबै बिहीवार राती  हिरासतबाट सबै रिहा भएका छन् ।  यस घटनामा जम्मा २० जना गिरफ्तार भएका थिए । गत आइतवार प्रविण शाक्य ललितपुर–१६ भुल्खु, शुकबहादुर देउला ललितपुर–११ इमुखेल र दलबहादुर देउला ललितपुर–११ इमुखेल रिहा भएका थिए ।

गत सोमवार भएका ७ जनामा ललितपुर–११ बंगलामुखीका पृथबिन्दु महर्जन, ललितपुर– ६का रवि शाक्य, ललितपुर– १६ गावाहालका महेश बज्राचार्य, ललितपुर इमाडोलका– सुविन शाक्य, ललितपुर इमाडोलका- ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी– ८का श्याम श्रेष्ठ, र मध्यपुर ठिमीका– निरज वादे रिहा भएका थिए । भने मंगलवार ललितपुर– ११ तापाहिटीका अनिल खड्गी रिहा भएका थिए भने  बुधवारका दिन ललितपुर इमाडोलका– अनिस महर्जन, ललितपुर– ७ पिलाछेका   रत्नलाल श्रेष्ठ रिहा भएका थिए । त्यसैगरी विहिवार अरु बाँकी सबै रिहा भएका थिए ।

बिहीबार अभियन्ताहरु ललितपुर–२१ का अशोज कुमार महर्जन, ललितपुर– १६ का रविन शाक्य, काठमाडौं– १६का यादवलाल कायस्थ, ललितपुर– २० नंटोलका नरेश शाक्य, ललितपुर–१३ कुसन्त सञ्जय शाक्य, ललितपुर–११का करण देउला, र ललितपुर–११ का देवेन्द्र देउला रिहा भएका छन् ।

हिरासतमा राखिएका अभियन्ताहरुलाई बिना शर्त रिहा गराउन विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन भइरहेका थिए भने नेवा: अगुवा राजनीतिक व्यक्तिहरु समेत ऊनीहरुलाई मुक्त गराउनको निम्ति कुटनैतिक रूपमा प्रयास गरेका थिए ।

हिरासतबाट छुटाउनका लागि नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठदेखि ललितपुर महानगरपालिकाया मेयर चिरिबाबु महर्जन समेत सक्रिय भएर लागेका थिए । साथै सांसद कृष्णगोपाल श्रेष्ठ, नेवाः अगुवा तथा मंका: खलका सचिव मल्ल के. सुन्दर, बागमती प्रदेसका सांसद राजकाजी महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन , सेभ नेवा: भ्यालीका शैलेस शाक्य र विभिन्न संघ संस्था र राजनीतिक दलबाट समेत प्रयासबाट सबैलाई हिरासत मुक्त गर्न सफल भएको हो  ।   “गणतन्त्रमा अभियन्ताहरु ७२ हजार  धरौटीमा  रिहा भएका  छन् यसलाई के  भन्ने तपाईं आफैं भन्नुस् !” अभियन्ता तथा सेेेभ नेेेवा: भ्यालीका संयोजक  शैलेस शाक्यले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here