नेपाली सेनाकाे ‘देशलाई छुने पाइला’ उत्कृष्ट

163

काठमाडौं – नेपाली सेनाले आयोजना गरेको ‘लघु फिल्म प्रतियोगिता २०७६’को नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा प्रसुन सिन्धुलियाको लघु फिल्म ‘देशलाई छुने पाइला’ उत्कृष्ट घोषित भएको   छ ।

प्रतियोगितामा पुरुषोत्तम बस्नेतको ‘रगत’ दोस्रो र बसन्त शर्मा अधिकारीको ‘लक्ष्य’ तेस्रो भएको छ । उत्कृष्ट तीन फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।   प्रतियोगितामा अनिल कुमार महर्जनको ‘गौरव’ले सान्त्वना पुरस्कार जित्यो ।

‘गौरव’ले नगद २५ हजार प्राप्त गर्न सफल भएकाे थियाे । ३८ स्क्रिप्टहरु दर्ता भएको प्रतियोगीतामा उत्कृष्ट १०, उत्कृष्ट ५ गर्दै उत्कृष्ट ३ को छनौट गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here