आजदेखि उपत्यकामा पसल र व्यापार खुला, गाडीमा जोरबिजोर प्रणाली कायमै

147

काठमाडाैं – काठमाडाैं  उपत्यकामा आज असोज १ गतेदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । काठमाण्डौ उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।  तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै राखिएको छ । यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा पनि रोक कायमै गरिएको छ । यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here