थप १२०४ काेराेना संक्रमितसहित कुल ६२ हजार ७९७ पुग्यो

76
काठमाडाैं – नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा जना संक्रमित थपिएका छन् ।

देशभर १० हजार ३३३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका पवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ६२७९७ पुगेको छ । हिजोको तुलनामा आज केही कम संक्रमित थपिएका हुन् । हिजो २ हजार २० जना संक्रमित थपिएका थिए । यस मध्य सक्रिय संक्रमित १७ हजार १२९ रहेका छन् ।

आज १४ सय ४७ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । अहिले सम्म कोरोना जीत्नेको संख्या ४५ हजार २६७ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here