डबल नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनदेखि पार्टी एकताका कामबारे छलफल

60

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ ।

त्यस्तै, संवैधानिक र राजनैतिक नियुक्तीबारे पनि दुई अध्यक्षबीच कुराकानी भएको छ । यसअघि बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनबारे मापदण्ड बनाउन र पार्टी एकताको बाँकी कार्यभार पूरा गर्नको लागि अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार अध्यक्षद्धय ओली र दाहाल आन्तरिक छलफलमा जुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here