अहिले संसारलाई पारमाणविक हतियार भन्दा मास्कमा लगानीमा जाेड : प्रम ओली

90

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई पारमाणविक हतियार भन्दा मास्कको आवश्यकता परेको जनाएका छन्।

संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भर्चुअल सम्बोधन गर्दै उहाँले संसारलाई अहिले बन्दुक भन्दा पनि बढी मास्क चाहिएको भन्दै यसमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो । सन् २०१९ मा विश्वको कुल सैनिक खर्च १ दशमलव ९ ट्रिलियन अमेरिकी डलर पुगेको भन्दै यसको सानो अंशले गरिब र अभावमा पिल्सिएका लाखौँ मानिसलाई राहत मिल्ने उहाँको जोड छ ।

जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको भन्दै उहाँले जीवन विनाशका लागि सैनिक खर्च कम गर्नुपर्नेमा जोड दिनुभयो । आणविक सन्धिको पुनरावलोकन सम्मेलन लगायत निशस्त्रीकरण सम्बन्धी प्रक्रियाहरु स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाई राख्न सम्बन्धित पक्षहरुले सन्धि अन्तर्गतका दायित्व पुरा गर्नुपर्ने ओलीको धारणा छ ।

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवसको पूर्वसन्ध्यामा परेको कार्यक्रममा उहाँले हतियारको होडबाजी, बाह्य अन्तरिक्षको सशस्त्रीकरण र साइबर युद्धका कारण मानवमात्रले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीकाे सम्बाेधनकाे पूर्ण पाठ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here