कोरोना भाइरसको यथार्थबारे विश्व स्वास्थ्य संगठन नै अनभिज्ञ भएको तर्फ सचेत बनौं !

129

— राज्यलक्ष्मी शाक्य

कोरोना भाईरसको कुनै उपचार नै छैन भन्ने कुरा लगभग स्पष्ट भैसकेको छ अब । तर पनि बिश्वब्यापी रुपमै निको भएर घर फर्किएकाहरुको संख्या सार्वजकि भैरहेको पाईन्छ ।  सरकारहरुले स्पष्ट रुपमा जनतालाई भन्न नसक्नु आश्चर्यजनक हो । उपचार नै छैन भने  संक्रमित बिरामीहरुलाई किन भर्ना गरिन्छ ? भर्ना गरेर गरिने उपचारका पद्धतिहरु घरभित्रै पनि गर्न सकिन्छ भन्ने कुरा स्पष्ट छ ।  संक्रमितलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ भन्नु कुरा सर्वविदितै छ । यही कुरालाई जनताका विचमा पु¥याएर जनचेतना जागरण सरकारले चासो किन नदेखाउने ?

। कोरोना संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरी आवश्यक पोषण व्यवस्थापन गर्नु आवश्यक हुन्छ । दीर्घरोगहरु मध्येपनि मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित रोग भएका व्यक्तिहरु संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ। दीर्घ रोगसमेत रहेका संक्रमितले खानुपर्ने र सावधानी अपनाउनुपर्ने विषयबारे जानकारी गराए पुग्नेमा अस्पतालहरुलाई आतंकित बनाउने काम सरकारले किन गरिरहेको छ ? के चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको  जीवनको मूल्य हुँदैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितहरुको मृत्युबारे एउटा रहस्य सार्वजनिक गर्नु भयो, उहाँले मृत्यु भएकाहरुको परिक्षण गर्नुपर्ने बाध्यता विश्व स्वास्थ्य संगठनले गरेको कुरा खुलाशा गरेपछि कोरोनाको वास्तविकता के हो भन्ने कुरा अनुमान गर्न सकिने भएको छ । मृत्यु भइसकेपछि परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रचार व्यापक भइरहेको छ । मृत्यु नहुँदासम्म परिक्षण नगरिएपछि विरामीसँग कति आफन्तहरुले र कति चिकित्साकर्मीहरुले कति संख्यामा असावधानीपूर्वक स्पर्श गरेका होलान् भन्ने कुरा अनुमान गर्न सकिदैन । त्यसैले मृत्युपछि संक्रमणको परिक्षण गर्नु कुनै अर्थ छैन भन्ने कुरा स्पष्ट हुन्छ । तर पनि विश्व स्वास्थ्य संगठनले मृत्युपछि परिक्षणको बाध्यात्मक आदेश किन गरिरहेको छ ? यसैबाट पनि कोरोना भाइरस रोग नभएर एउटा  प्रायोजित आतंक हो भन्ने कुरा स्पष्ट छ  ? यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भईनसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नुमात्र अहिलेसम्मको विकल्प हो भन्ने कुरा जनतामा चेतना किन नपैmलाउने ? कोरोना महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्यु भएका व्यक्तिहरुको संख्या बढि देखाएर विश्व स्वास्थ्य संगठनलाई फाइदा के हुने हो ? फाइदा नहुने भए यस्तो बाध्यता किन श्रृजना गरिएको छ ?

कोरोना संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ भन्ने कुरा स्पष्ट छ । लकडाउन गरेर नागरिकहरुलाई घर भित्र थुनेर पनि कोरोना संक्रमण रोकिएको पाइएन । सुत्केरी आमाको बच्चा र उनका पति संक्रमित नभए पनि सुत्केरीको मृत्यु संक्रमणकै कारणबाट भएको  घटनाले स्पर्शका कारणबाट मात्र कोरोना  भाइरस सर्न सक्छ भन्ने पत्यारिलो आधार मान्न सकिदैन । स्पर्शकै कुरा गर्दा सुत्केरी आमा र बच्चा बिचको स्पर्श कति पटक वा कस्तो सम्मको अवस्थामा भयो होला भनेर पनि अनुमान गर्न सकिन्छ । हात मिलाउनु हुँदैन, आलिंगन हुँदैन, मास्क लगाउनु पर्छ, सावुन पानीले हात धुनु पर्छ भन्ने जस्ता  प्रचारबाजीलाई सुत्केरी आमाको कोरोना संक्रमणकै कारणबाट मृत्यु र बच्चाको अवस्था संक्रमित नभएको र सुरक्षित रहेको घटनाले गलत सावित गरिदिएको छ । त्यसैले उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउनुको अर्को विकल्प छैन भन्ने कुरा जनमानसमा व्यापक रुपमा चेतना जागरण गराउन आवश्यक छ । हावादारी प्रचार गरेर जनतामा आतंक फैलाउन बन्द गरियोस् । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here