पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका थिए। तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लाइउबको लकडाउनमा केही महिना काम गर्न नपाएपछि उनले काम गर्ने समय दोब्बर बनाउन सफल भयाे । पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन्।
चलचित्र निर्माण युनिटले फिल्मको छायाँकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ। ‘बेल बटम’ संसारकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्बर ३० मा सकिएको हो।
कोरोनाको महामारीकै समयमा सुटिङ समाप्त गरेको बारेमा अभिनेता अक्षयले भने, ‘यो समूहमा गर्ने काम हो। म समूहका सबै सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु।’ उनले उनले सामान्य कामदारदेखि प्राविधिकसम्म सबैसँग आफूहरु कृतज्ञ रहेको बताए। उनले अभिनेत्री विणा, लारा र हुमा निर्देशक रञ्जित व वासुजीप्रति पनि आभार व्यक्त गरेका छन्। उनले आफूहरुलाई र आफ्नो आइडियालाई विश्वास गरेकोमा निर्माण युनिटलाई पनि धन्यवाद दिएका छन्।
उनले असामान्य परिस्थितिले फरक तरिकाले कल्पना गर्न बल पुर्याएको बताए। ‘मलाई आशा छ कि यसले विश्वव्यापी फिल्म उद्योगलाई प्रोत्साहित गर्नेछ ता कि उनीहरूले आफ्नो काम उत्तम तरिकाले गरेर आम जनतालाई मनोरन्जन गर्न सक्नेछन्’, फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै अक्षले भने, ‘एक्लै हुँदा हामी एकदम कम काम गर्न सक्छौं, समूहमा हामी धेरै गर्न सक्छौं। यो टिम वर्क हो र म अभिनय गर्ने र अन्य सबै क्षेत्रमा काम गर्न सबै टिमका सदस्यप्रति धेरै आभारी छु।’

















