काठमाडौं – नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन भन्दै चिनियाँ दूतावास आसपास विरोध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वतन्त्र युवाहरु आज विहानै चिनियाँ दूतावासअघि नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, ब्याक अफ ईण्डिया, चिनियाँ दलालहरु होशियार लेखेका प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रदर्शनमा उत्रिएकाहरु १८ जनालाई पक्राउ गरेको थियाे ।

















