मकवानपुर –मकवानपुरको भीमफेदी गाउँपालिका- गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।