कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन हुने

131

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको समय तालिका भने सार्वजनिक गरिसकेको छैन। भोलि बस्ने बोर्डको बैठकले समय तालिका सार्वजनिक गर्ने बताइएको छ।

परीक्षा भौतिक उपस्थितिमै हुनेछ। यस वर्ष कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले प्रश्नपत्र परीक्षा केन्द्रले आफै प्रिन्ट गर्ने गरी अनलाइनमार्फत पठाउने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here