प्रचण्ड–ओलीको मार्क्सबाद र डा. बाबुरामको मार्क्सीय बिचारबारे

180

– निमकान्त पाण्डे

यसपटक माक्र्सवादको प्रसंगमा केही लेख्न मन लाग्यो ।  आपूmले बुझ्ने भएदेखि माक्र्सवाद, लेनिनवाद र माओविचारबारे सुनियो र पढियो । जति पढियो त्यति बुझियो । बुझेकै आधारमा भन्ने हो भने माक्र्सवाद र लेनिनवाद पछि माओवाद पनि बुझियो । यसलाई छोटकरिमा मालेमावाद भनेर पनि बुझ््न थालिएको हो । यही मालेमावादको जगमा टेकेर विश्वमै ठूला—ठूला संघर्षहरु भएका छन् । नेपालमा पनि विगत ७१ बर्षदेखि मालेमावाद र विचारको वहस चल्दै आएको छ । यही विचारका आधारमा ठूला—ठूला आन्दोलनहरु पनि नेपालमा भएका छन् । आन्दोलनकै दौरानमा १७ हजार भन्दा बढी नेपाली जनताले रगत बगाएका पनि छन् । त्यसैले भन्न सकिन्छ, माक्र्सवादले सिकाएको वाटोमा हिँड्दा रगत बगाउन पनि मानिसहरुले कुनै दुःख मान्ने गरिरहेका छैनन् । नेपालमा मात्र होइन माक्र्सवादको राजनीतिक लक्ष्यमा लाग्दा विश्वभरमै धेरै रगत बगिसकेको छ ।  तर नेपालमा ९० प्रतिशत कम्युनिष्ट आवरणका नेताहरुमा माक्र्सवाद—लेनिनवादको ज्ञान अधुरो नै छ भन्न सकिने अवस्था छ । उनीहरुले माक्र्सवाद—लेनिनवादलाई राम्रोसँग बुझेर राजनीति गरिरहेका छैनन् । अर्थात् माक्र्सवाद–लेनिनवाद राजनीतिक सत्तामा पुग्ने भ¥याङ मात्र भएको छ ।

माक्र्सवाद—लेनिनवादको आवरणमा राजनीति गर्दै गर्दा वर्तमान नेपाल, अर्थात हाम्रो देश अहिलेको अवस्थामा कम्युनिष्ट नेताहरुकै सरकारद्धारा सञ्चालित छ । तर माक्र्सवाद—लेनिनवादको  आदर्श अनुरुप  सत्तासीन नेकपाका नेताहरुले राजनीति गरिरहेका छन् वा माक्र्सवादबारे  उनीहरुको बुझाई नै यस्तै हो भनेर शोधखोज गर्नु पर्ने आवश्यकता पनि महशुस गरिएको छैन । जस्तो बुझाई छ त्यस्तै राजनीतिक गन्तव्य भइरहेको छ भनेर बुझ्नुको विकल्प छैन ।

दशबर्षे सशस्त्रयुद्धको शीर्ष नेताको रुपमा रहँदाका अवस्थामा प्रचण्डले अपनाएको मालेमावाद र झापा संघर्षका व्रmममा केपी ओलीले अज्ञानताबश भनौं वा लहडमा आएर बाल्यावस्थामै उठाएको टाउको काट्ने अभियानलाई मार्गनिर्देश गर्ने मालेमावाद नै किन नहोस्, राजनीतिक नेतृत्वको विकासका लागि सहयोगी सिद्ध भएको मान्न सकिन्छ । अर्थात प्रचण्ड र केपी ओलीको नेतृत्वको विकास हुनुमा मालेमावादको ठूलो भूमिका रहेकोमा कुनै विवाद छैन । तर आज यी दुवै नेताहरुले देशको सत्ता प्राप्त गरेका छन् । सत्तामा मालेमावादलाई लागू गर्न सक्ने हैसियत यिनीहरुमा आइपुगेको छ । परन्तु आफ्नो  हैसियतलाई दुरुपयोग गर्दै मालेमावादकै विरुद्ध यी दुवै नेताहरु दुरुपयोग भइरहेका छन् । एकातिर मालेमावादको आदर्शलाई छोड्न पनि ओली र प्रचण्डले सकिरहेका छैनन् भने अर्कोतर्पm मोलमावादलाई समाप्त गर्ने सपथ खाएभैm गरी आपूmलाई देशभित्र प्रस्तुत गरिरहेका छन् ।

आखिर के हो माक्र्सवाद ? डा. बाबुराम भट्टराईले पनि मालेमावादकै दर्शन पढेर आफ्नो राजनीतिक व्यक्तित्व विकास गरेका हुन् । तर बाबुरामले मालेमावाद मात्र होइन माक्र्सवादलाई नै बहसको विषय बनाउनु पर्ने नयाँ धारणा सार्वजनिक गरेका छन् । स्वयम् कार्लमाक्र्सले नै ‘माक्र्सवाद’ भन्ने शब्दावलीप्रति अहसमति प्रकट गरेको सन्दर्भ उद्दरण गर्दै माक्र्सवादलाई माक्र्सीय विचारको रुपमा ग्रहण गर्नु पर्ने धारणा बाबुरामको रहेको छ । माक्र्सवाद—लेनिनवादको स्तुतिगान मात्र गाउने तर त्यसविपरित क्रियाकलापहरु गर्ने ओली र प्रचण्डका तुलनामा बाबुरामको इमान्दारितालाई स्वागत गर्नु पर्दछ जस्तो लाग्दछ ।

 बाबुरामसँग माक्र्सीय विचार भन्नुपर्ने सन्दर्भमा उनका आफ्ना तर्कहरु छन् । उनका तर्कहरुमा सहमत हुने वा नहुने भन्ने कुरा आफ्नो बुझाईमा भर पर्ने कुरा हो । तर ओली र प्रचण्डले माक्र्सवाद र लेनिनवादको उच्चारण गर्न नछोडेपनि उनीहरुको गन्तव्य  कार्ल माक्र्सको विचारसँग पटक्कै मेल खाएको देखिदैन । पछिल्लोपटक अमेरिकी शैन्य योजनाको एमसीसी सम्झौता प्रकरण र मालेमावादको राजनीतिक आदर्शमा हिडेको राजनीतिक शक्ति विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धलाई  उदाहरणका रुपमा लिने हो भने  वर्तमान डबल नेकपाको सरकार र डबल नेकपालाई माक्र्सवादको  उच्चारणसम्म गर्ने अधिकार पनि छैन भन्न सकिन्छ ।

कार्ल माक्र्सको दार्शनिक, आर्थिक, राजनीतिक र समाजशास्त्रीय  चिन्तनवारे  उनलाई बुझेका आधारमा  भन्ने हो भने ‘संसारका मजदुरहरु एक होउ’ भन्ने नारा नै पर्याप्त छ । यो नारालाई  नमान्ने हो भने आपूmलाई  कार्ल माक्र्सको अनुयायी भन्नुको कुनै अर्थ छैन । माक्र्सको यही नाराका आधारमा राजनीति गर्ने हो भने मजदुरहरुका हितमा सरकारले योजना बनाउन कठिन छैन । वर्तमान संविधानले नै समाजवादलाई गन्तव्य मानेको छ । समाजवादमा मजदुर र किसानहरुको हित हुँदैन भनेर भन्न सकिन्न । मजदुर र किसानहरुको हितमा कार्यक्रम तय गर्न सकिदैन भने त्यस्ले कि माक्र्सवाद बुझेकै छैन , कि त उ माक्र्सवादी नै हैन ।

माक्र्सवादले भन्छ– पदार्थले चेतना निर्धारण गर्छ । अर्थात् पहिले भौतिक संसार त्यसपछि मानिसको चेतना हो । अझ स्पष्ट रुपमा भन्ने हो भने  पहिले आँखाले देख्छ, अनि मनले चिन्तन गर्छ । यही आधार नै माक्र्सको विचारलाई बुझ्ने ‘कखरा’ हो । माक्र्सवादको कखरा मात्रै पढेर राजनीति गरेका भए पनि अहिलेका सत्तासीन नेताहरुले शासकको हैसियतबाट माक्र्सवाद पढ्नु जरुरी छ ।

कार्ल माक्र्सले  कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्दाको सामाजिक अवस्था र आजको सामाजिक अवस्था अवश्य पनि फरक छ । आजको सामाजिक अवस्था अनुसार कार्ल माक्र्सले  व्याख्या गर्न पाएको भए  कस्तो व्याख्या गर्नु हुन्थ्यो होला  भनेर अनुमान गर्न मात्र सकिन्छ । माक्र्सले परिकल्पना गरेको सर्वहारावर्गको अधिनायकत्व दुई सय बर्ष पार गरिसक्दा पनि कायम हुन सकेको पाइएन । सर्वहारावर्ग माथि मुठ्ठिभर सामन्त पूँजीवादीहरुकै  अधिनायकत्वले संसारमा राज गरिरहेको आजको यथार्थ छ । त्यस आधारमा भन्नुपर्दा माक्र्सले समाज विज्ञानको विकासक्रमलाई भौतिक विज्ञानको विकाससँग मेल खाने गरी विश्लेषण गर्न नसक्नु भएको भनेर पनि विश्लेषण गर्नेहरु पाइन्छन् । नेपालको परिप्रेक्ष्यमा यस्तै विश्लेषणको अगुवाई डा. बाबुरामले गर्न पुगेका छन् । आजको भौतिक विज्ञानले गरेको विकासका आधारमा समाजको वर्ग विश्लेषण गर्ने हो भने दुई शताब्दी अगाडिको वर्ग विश्लेषणको दृष्टिकोण लागू हुन सक्दैन भन्ने तर्कलाई अस्वीकार गर्न सकिन्न । त्यसैले माक्र्सका पुस्तक पढेर माक्र्सवादी बनेकोमा गर्व गर्नु भन्दा माक्र्सका विचारहरुलाई बुझेर र अनुशरण गरेर  अगाडि बढ्न सकियो भने सर्वहारावर्गको अधिनायकत्व सम्भव नभए पनि पूँजीवादी सामन्तहरुको अधिनायकत्वबाट देश र जनतालाई मुक्त गर्न सकिन्छ भन्ने कुरामा असहमति राख्न कसरी पो सकिएला र ! माक्र्सवादको मन्त्र जपेर र माक्र्सलाई देवत्वकरण गरेर साम्राज्यबादको झोला बोक्ने चरित्रलाई के भन्ने ? जवाफ खोजौं, यस्तो चरित्रलाई नांगेझार पारौ , सबैलाई चेतना भया !  – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here