सिंगापुर सरकारद्वारा घरमै बसेकाहरुलाई सन्तान जन्माउनलाइ प्राेत्साहन

67

काठमाडाैं – कोरोना भाइरसको महामारीका बेला सन्तान जन्माउन प्रोत्साहन गर्नका लागि सिंगापुर सरकारले नागरिकका लागि आर्थिक सहायताको योजना सार्वजनिक गरेको छ।

सिंगापुरका बासिन्दाले आर्थिक बोझ थपिने भन्दै सन्तान जन्माउन हिचकिचाउने गरेका छन्। जसले गर्दा जनसंख्या वृद्धि अति न्यून हुने देखिएपछि सरकारले महामारीको समयमा मानिस अधिकांश समय घरै हुने भएकाले यो समयमा सन्तानको योजनामा लाग्नेहरुका लागि आर्थिक सहयोगको योजना ल्याएको हो ।

सन्तान जन्माउनेहरुका लागि दिइने आर्थिक सहयोगको मात्रा खुलाइएको छैन । सिंगापुर सरकारले यसअघि नै सन्तान जन्माउनका लागि अभिभावकलाई प्रोत्साहन गर्नका लागि विभिन्न सहयोग गर्दै आएको थियो ।

सहयोग थप बिस्तार गर्ने योजनासँगै सन्तान जन्माउने अभिभावकको संख्या बढ्ने अपेक्षा सिंगापुर सरकारको छ ।

सिंगापुर विश्वकै कम जन्मदर भएको क्षेत्र मध्येमा पर्छ । त्यहाँको सरकारले पछिल्लो केही दशकदेखि जन्मदर बढाउनका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here