काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।

















