काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको हो।
दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठन र बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।


















