सन्दर्भ : अक्टोबर क्रान्तिको शुभकामना ! औचित्य : fair fighters foundation को स्थापना !

130
-नारायण शर्मा
आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ । साम्राज्यवादी दवदवा र उपभोक्तावादको प्रकोपका कारण दास बनेर होस् वा मालिक/नोकरशाह बनेर होस् अथवा दलाली गरेर होस् वा चकारी-गुलामी गरेर होस्, गुण्डागर्दी गरेर होस् वा पद, पावर, पैसा र प्रतिष्ठाको प्रयोग गरेर होस् दलाली, कमिसनखोरी, कालाबजारी, घुस- भ्रष्टाचार, ठगी-जालसाजी  आदिमार्फत कमाओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्यमान्यता, आस्थानिष्ठा, नीति-नैतिकता र विचार-सिद्धान्तमा आधारित राजनीति र संस्कृती लुप्तप्रायः छ ! त्यसैले सहयोग-सद्भाव र सम्मान-शिष्टाचारको संस्कार र संस्कृती अनि लक्ष-आदर्शकेन्दृत विचार-राजनीतिको संरक्षण, सम्बर्द्धन, अवलम्बन र कार्यान्वयन गर्नु-गराउनु ऐतिहासिक आवश्यकता भएको छ । यसनिम्ति विचार र व्यवहारमा भएका विगत र वर्तमानका कमीकमजोरीको नयाँ शिराबाट अध्ययन-अनुसन्धान गर्नु जरुरी छ ।

fair (स्वच्छ) भन्नाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा स्वच्छ, सदाचारी र निस्वार्थ; स्वतन्त्र, स्वाभिमानी र स्वविवेकी; आग्रह, पूर्वाग्रह र प्रतिशोधमुक्त; आस्था, आदर्श र आचारसंहितायुक्त; निष्ठावान्, नैतिकवान् र चरित्रवान्; क्रान्ति, मुक्ती र प्रगतिप्रेमी; सेवा, सहयोग र सद्भावनाले पूर्ण; न्याय, समानता र उत्पीडितका पक्षमा सकृय, मानवता र विश्ववन्धुताका लागि समर्पित शुद्धीकरण, रुपान्तरण र सुसंस्कारीकरणप्रती कटिबद्ध बुझ्नु पर्दछ । यस्ता सद्विचार, सद्भावना र सदाचारमा प्रतिबद्ध; देस, जनता र जनतन्त्रप्रति कटिबद्ध, अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ; त्यागी, तपस्वी र यशस्वी अनि दिव्य, भव्य र सभ्य व्यक्ति-शक्ति, संघ-संस्था, मंच-मोर्चा र अनुष्ठान-प्रतिष्ठानहरु पनि प्रत्यक्ष वा परोक्षरुपले यसमा सहभागी, सहकर्मी वा सहयोगी बन्न सक्नेछन् र यस्ता मात्र यस foundation द्वारा संरक्षित, सम्बर्द्धित र सम्मानित हुने/गरिने छन् भने यसविपरीतका बाधक र विरोधी विकृत र विसङ्गत चिन्तन र चेतनाले ग्रसित व्यक्ती, शक्ति र प्रवृत्तिका विरुद्ध सुझाव-दवाव, होशियारी-खबर्दारी, विरोध-प्रतिरोध, खण्डित-दण्डित र हस्तक्षेप-निषेध समेत गर्ने-गराइनेछन् । अत:

१. सामान्यत: नेपालको निर्माणदेखि क्रान्ती, मुक्ती, प्रगती र समृद्धिको लागि लडेका आस्था-आदर्श, निष्ठा-नैतिकता र लक्ष-उद्देश्यमा अविचलित, अथक, अडीग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषत: वामपन्थी विचार र राजनीतिबाट स्वतन्त्रता , समानता र न्यायको लागि योगदान गरेका नेता, कार्यकर्ता र जनताको अनि मुख्यतः दस बर्षे महान् जनयुद्धमा होमिएका आस्थाका योद्धाहरुको सम्झना र सम्मान गर्दै उहाँहरुका विचार, आचार, त्याग, तपस्या, बलिदान र योगदानको मूल्यांकन र श्रद्धा, अवलम्बन र कार्यान्वयन, रक्षा र विकास अनि प्रचार र प्रबर्द्धन गर्नको लागि अत्यावश्यक देखिएकोले ” सच्चा, स्वच्छ र स्वाभिमानी स्वतन्त्रता र समानताका सेनानीहरुको संघ अर्थात् Fair fighters” foundation नामक संस्थाको स्थापना वान्छ्नीय भएको छ ।

२.  हाम्रो आजको सन्दर्भमा fair fighters को परिभाषा-व्याख्या गर्दा सामान्यतया  निम्नानुसारका यशस्वी तपस्वीहरुलाई बुझ्नुपर्ने भएको छ :

क. संसारका हामी मानवजातिलाई स्वच्छ (fair) हुन र त्यसनिम्ति संघर्ष ( fight ) गर्न शिक्षित-दीक्षित गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थापक-निर्देशक गुरुहरु अर्थात् वैचारिक सेनानीहरु ।

ख. प्रमिथस/स्पार्टाकस लगायतका आदि विद्रोहीहरु अर्थात् व्यावहारिक सेनानीहरु ।

ग. सामान्यत: संसारभरका न्याय-समानताका आन्दोलनका शहीदहरु र विशेषत: नेपाली जनक्रान्तिका लखन थपादेखि गङ्गा-शुक्र-दशरथ-धर्मभक्त हुँदै २०२८/२९ को झापा विद्रोह, २०३६, ४६ र ६२/६३का जन आन्दोलन र मुख्यत: २०५२-२०६२ को नेपाली माओवादी जनयुद्धका महान् सहिद र वेपत्ता योद्धाहरु अर्थात् सर्वश्रेष्ठ सेनानीहरु ।

घ. नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित आन्दोलन वा समाजवादी-साम्यवादी आन्दोलनका सम्पूर्ण घाइते-अपाङ्ग र अयोग्य घोषित माओवादी लडाकू योद्धाहरु ।

ङ . क. शिवराज गौतम, अम्बिका साँवा, शक्ति लम्साल आदि जस्ता अथक त्यागी-तपस्वी दिवङ्गत योद्धाहरु ।

च . गौतम बुद्ध, महात्मा गान्धी, चे गुएभारा, अन्ना हजारे आदिजस्ता अन्तर्राष्ट्रिय जगतका राष्ट्रसेवी, सत्याग्रही र त्याग, तपस्या र बलिदानका प्रतिमूर्तिहरु तथा देसमा जिउँदा सहिदका रुपमा कृयाशील र संघर्षशील गोविन्द केसी, महावीर पुनजस्ता स्वच्छ, समर्पित, सदाचारी, आदर्शवान, नैतिकवान, जनसेवी र क्रान्तिकारी नेता-कार्यकर्ता, योद्धा-अभियन्ता र आमजनसमुदायहरु, आदि ।

३. आज प्रायः संसारैभरी र त्यसमा पनि विशेषत: नेपालमा मालेमावादी क्रान्तिकारी विचार-सिद्धान्त, मूल्य-मान्यता, नीति-नैतिकता र आस्था-निष्ठाजन्य राजनीतिको खडेरी पर्दै गैरहेको छ । विगत र वर्तमानमा यसको निम्ति रगत-पसिना बगाएका सीधा-सादा, स्वच्छ-स्वस्थ, इमान्दार र नैतिकवान  अग्रज-दिग्गजहरुलाई सम्मान गर्नेभन्दा पनि उपेक्षा र उपहास गर्ने अन्यायपूर्ण र प्रतिक्रान्तिकारी संस्कार र संस्कृती बढ्दै गैरहेको दुखद अवस्था छ । यो अवस्थामा क्रान्तिकारी इतिहासको संरक्षण र संबर्द्धन गर्दै वर्तमान र भावी पिंढीलाई यसतर्फ आकर्षित र उत्प्रेरित गर्न नित्तान्त जरुरी भएको छ।

४. यससन्दर्भमा अन्तर्राष्ट्रिय इतिहासमा हालसम्मकै गौरवशाली इतिहास रुसी-चिनी महान् अक्टोबर क्रान्तिहरुको इतिहास हो भने राष्ट्रिय इतिहासमा १० बर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलन अनि यसद्वारा रचित नेपाली गणतन्त्रको इतिहास हो । त्यसैले यो इतिहास निर्माणमा निशङ्क, निस्वार्थ र निर्भिक रुपमा लगानी र कुर्वानी गर्ने सहिद, वेपत्ता योद्धा र घाइते-अपाङ्गलगायत सम्पूर्ण सतीसालजस्ता  आस्थाका योद्धाहरुको विशेषरुपले सम्झना, सम्मान र सलामी गर्नु यस संस्थाको उद्देश्य र कार्यभार हुनेछ ।

५. अहिले विश्व इतिहासमा  महान्, भव्य र दिव्य परिघटनाको रुपमा स्वीकृत, परिचित र स्थापित प्रथम सफल सर्वहारवादी रुसी समाजवादी क्रान्ति दिवस (नोभेम्बर ७, जो अक्टोबर क्रान्तिको नामले विश्वप्रसिद्ध छ) र दोश्रो चिनियाँ नयाँ जनवादी क्रान्ति दिवस (अक्टोबर १) अनि नेपाली माओवादी जनयुद्धको सुरुवात गरिएको अविस्मरणीय र ऐतिहासिक दिवस फागुन १ (फरवरी १३) नजिकिएका छन् ।

यिनै रुसी र चिनी अक्टोबर क्रान्तिहरुको आलोकमा २०५२ साल फागुन १ गते देसभरमा जम्मा दुई वटा बन्दुक र ७० जना पूर्णकालीन नेता, कार्यकर्ता र लडाकाहरु मात्रले सामान्यत: विविध जाती, वंश र कालखण्डमा १८०० बर्षभन्दा पहिलेदेखि रहिआएको र विशेषत: २४० बर्षदेखि  निरन्तर रुपमा एउटै वंश शाहवंशको रुपमा जरा गाडेर बसेको सामन्तवादको शक्तिशाली प्रतिनिधि संस्था राजतन्त्र र पछिल्लो अवधिमा विश्वसाम्राज्यवादको आडभरोषामा थोपरिएको प्रतिकृयावादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध  “प्रतिकृयावादी राज्यसत्ताको ध्वंस गरौं !       नयाँ जनवादी व्यवस्थाको स्थापना गरौं !!” भन्ने मूल नाराका साथ महान् जनयुद्धको थालनी भएको थियो !
६. उपरोक्त ऐतिहासिक परिघटनाहरुका सन्दर्भमा  बलिदान र योगदान गर्ने निस्वार्थ र निर्भिक रुपमा जीवन उत्सर्ग गर्ने महात्माहरुको तत्कालैदेखि  सम्मान गर्नु पर्ने जरुरी भएकोले उपरोक्त उद्देश्य र कार्यभार पूरा गर्नको लागि आस्थाको राजनीतिमा सकृय र समर्पित सादगी व्यक्तित्वहरुको पहल र प्रयत्नमा यो संस्था fair fighters” foundatinon को स्थापना गरी काम अघि बढाउन जरुरी भएको छ ।

७. तसर्थ सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षमा लडेका; स्वाभिमान, स्वनिर्भरता, स्वविवेकमा बाँचेका र आजीवन यसरी नै बाँच्न चाहेका; वर्गीय, जातीय/राष्ट्रिय, लिङ्गीय, क्षेत्रीय अर्थात् वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक  क्रान्ती, मुक्ती र प्रगतिको लागि सकृय र समर्पित रहेका अनि स्वच्छता, सदाचारीता र नैतिक मूल्य र मान्यतामा अडेका सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु, पक्का देसभक्त र जनवादी योद्धाहरु तथा वास्तविक वामपन्थी र प्रगतिशील व्यक्तित्वहरु एवम् राज्यसत्ता वा पार्टीसत्ताका विविध जालझेल, अन्याय-अत्याचार, शोषण-दमन र हेला-होंचोमा परेर पनि तिनका विरुद्ध सक्दो विरोध, अवरोध र प्रतिरोध गरेका वा गर्न चाहेका सम्पूर्ण महानुभावहरुलाई यस संस्थामा समेटिएर सक्दो योगदान दिन र यथोचित आत्मसन्तुष्टि र  आत्मसम्मान प्राप्त गर्नको लागि हार्दिक आग्रह गर्दै एकीकृत र केन्द्रीकृत  हुँदै समष्टिगत र संस्थागत रुपमा अघि बढ्नु अत्यावस्यक भएको छ ।

 ८. र, आज हामीले यस संस्थामार्फत उठाउनुपर्ने नाराहरु यसप्रकार रहेको देखिएको छ :
# न्याय, समानता र स्वतन्त्रताको अभियान !                   स्वच्छता, सदाचारिता र त्याग-बलिदान !!

# स्वस्थ, संघर्ष, समर्पण र स्वाभिमान !                            क्रान्ती, मुक्ती र प्रगतिमा योगदान !!
# आस्था-निष्ठा र मूल्य-मान्यताको राजनीती !                      सहयोग-सद्भाव  र सोद्देश्य कुर्वानीको संस्कृति !!                  # राष्ट्रियता, जनतन्त्र र जनजीविका !                  जनहितमा होस् हाम्रो भूमिका !!                # समाजवाद-साम्यवाद र विकास-समृद्धी !                        हाम्रो राम्रो रिद्धी-सिद्धि !!   #. फेअर फाइटर्सका सपना-जपना !                     साकार पारौं हाम्रा विपना !! निष्कर्षमा भन्नू पर्दा fair अर्थात् स्वच्छ भन्नाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा स्वच्छ, निस्पक्ष र निस्वार्थ; स्वतन्त्र, स्वाभिमानी र स्वविवेकी; आग्रह, पूर्वाग्रह र प्रतिशोधमुक्त; आस्था, आदर्श र आचारसंहितायुक्त; निष्ठावान्, नैतिकवान् र चरित्रवान्; क्रान्ति, मुक्ती र प्रगतिप्रेमी; सेवा, सहयोग र सद्भावनाले पूर्ण; न्याय, समानता र उत्पीडितका पक्षमा सकृय, मानवता र विश्ववन्धुताका लागि समर्पित शुद्धीकरण, रुपान्तरण र सुसंस्कारीकरणप्रती कटिबद्ध आदि बुझ्नु पर्दछ । यस्ता सद्विचार, सद्भावना र सदाचारमा प्रतिबद्ध अर्थात् देस, जनता र जनतन्त्रप्रति कटिबद्ध, अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ; त्यागी, तपस्वी र यशस्वी अनि दिव्य, भव्य र सभ्य व्यक्ति-शक्ति, संघ-संस्था, मंच-मोर्चा र अनुष्ठान-प्रतिष्ठानहरु पनि प्रत्यक्ष वा परोक्षरुपले यसमा सहभागी, सहकर्मी वा सहयोगी बन्न सक्नेछन् र यस्ता मात्र यस foundation/forum  द्वारा संरक्षित, सम्बर्द्धित र सम्मानित हुने/गरिने छन् भने यसविपरीतका बाधक र विरोधी विकृत र विसङ्गत चिन्तन र चेतनाले ग्रसित व्यक्ती, शक्ति र प्रवृत्तिका विरुद्ध सुझाव-दवाव, होशियारी-खबर्दारी, विरोध-प्रतिरोध, खण्डित-दण्डित र हस्तक्षेप-निषेध समेत गर्ने-गराइनेछन् ।

यसरी अन्ततः राज्य, पार्टी, नेतृत्व, संघसंस्था, शक्ति-व्यक्ती र पूरै मानवसमुदायलाई नै सचेत, संघर्षशील, स्वाभिमानी, स्वविवेकी, अनुशाशित, जिम्मेवार, स्वच्छ, पारदर्शी, न्यायपूर्ण, समाजमुखी बैज्ञानिक, विकसित, सभ्य, सुन्दर, सुखद, सम्मानजनक र शान्त बनाउन सकिने छ । यसरी मात्र सच्चा समाजवादको स्थापना र विकास गर्दै समाजलाई साम्यवादको दिशामा अघि बढ्न-बढाउनमा केही योगदान पुराउन मद्दत हुनेछ ! यसरी नै अक्टोबर क्रान्ति र यस्तै अन्य दिवसहरु मनाउनुको अर्थ, औचित्य र महत्व हुनेछ !अक्टोबर क्रान्ती दिवसको  शुभकामना !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here