नेपालमा कोरोना संक्रमित एक लाख नाघ्याे

63

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ।  देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here