आइपिएलमा बाजी खेलाउने सातजना पक्राउ

94

काठमाडाैं – युएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टाबाजी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आइतवार आइपिएलमा सट्टाबाजी खेलाउने भारत घर भएका कुलदीप शारणलाई सुरुमा पक्राउ गरेको थियो। त्यसपछि उनीमाथि अनुसन्धानका क्रममा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरि हिरासतमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेहरुमा भारत घर भई हाल कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नं. १०५ मा बस्ने  कुलदीप शारण रहेका छन्। उनको साथबाट नेपाली नगद १ हजार ७२५ र मोबाइल एक थान बरामद भएको छ। त्यसैगरि बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

प्रहरीले भारत घर भइ सन्जीव शारणलाई पनि पक्राउ गरेको छ। उनको साथबाट ११ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी पक्राउ परेका नेपाली नागरिक प्रदीप घिमिरेको साथबाट  १ लाख १९ हजार २८५ र  बा ८६ प ३१४ नम्बरको स्कुटी पनि बरामद भएको छ। भारतको कानपुर घर भई काठमाडौंको कुलेश्वर बस्ने ३८ वर्षीय अजय गौतम पनि पक्राउ परेका छन्।

प्रहरीले उनको साथबाट ११ हजार बरामद गरेको छ। प्रहरीले काठमाडौंको कुलेश्‍वर बस्‍ने ५१ वर्षीय उत्तम सापकोटालाई पनि पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३ हजार १ सय १० बरामद गरेको छ। पक्राउ पर्नेमा सोल्टी मोड बस्ने ५५ वर्षीय अनिल कुमार बम्सल पनि छन्।

उनको साथबाट ३९ हजार बरामद भएको छ। त्यसैगरि दिल्ली र राजस्थान घर भई हाल वसन्तपुर बस्ने ४६ वर्षीय नवीन जैनलाई पनि प्रहरीले हिरासतमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here