प्रभु बैंकद्वारा सल्यानको शारदा नगरपालिका २०९ औं शाखा सञ्चालनमा

198

काठमाडौं – प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका वडा नम्बर ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । आईतबारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन भने शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन् ।

मेयर अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेका थिए ।

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here