भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काउँदै स्थानीयवासी र सशस्त्र

113

भद्रपुर /   भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । स्थानीयवासी र सशस्त्रप्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका छन् ।

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ  प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।

मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए ।नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको सो स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here