बीपी मार्गमा केपी ओली हुनुहुन्छ : सञ्चारमन्त्री बास्कोटा

250

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ भन्दै देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने जानकारी दिनुभयो । सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको जनाउनु भएको छ ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बास्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने जनाउनुभयो।

सरकारको प्रवक्ता समेत रहनुभएको बास्कोटाले सरकार एक्लैले सबै काम गर्छु नभनेको जनाउँदै हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक अरु केही नभएको जानकारी दिनुभयो ।गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here