युरोपेली राष्ट्र नेदरल्याण्डमा गाईलाई ट्वाइलेट बनाइदै

240

हाम्रो देशमा अझैसम्म पनि जनताहरुका निम्ति सार्वजनिक स्थलहरुमा शौचालय बनाउन नसकेको अवस्थामा युरोपेली राष्ट्र नेदरल्याण्ड मानिसलाई मात्रै नभई गाईका लागि ट्वाइलेट बनाइदिने भएको छ । जसमा गाईले पनि मान्छेले जस्तै ट्वाइलेटमा दिसा पिसाब गर्न पाउने छ । सुन्दा खेरी पनि अचम्म र अपत्यारिलो लाग्न सक्छ ।

जथाभावी सार्वजनिक खुल्ला स्थानहरुमा गाईले दिसा पिसाब गरेकाले वातावरणमा अमोनिया ग्यास फैलिएर प्रदूषण बढेकाले गाईलाई पनि ट्वाइलेटको व्यवस्था गर्न लागेको हो । एकजना डच वैज्ञानिक हेंक हेन्सक्याम्पले गाईका लागि पिसाब फेर्ने ट्वाइलेट डिभाइस बनाइ दिनु भएको छ । कृषिको मामिलामा नेदरल्याण्ड विश्वमै अग्रणी स्थानमा रहेको छ । हेंकको कृषि फार्ममा उक्त पशु ट्वाइलेटको सहयोगले दिनहुँ १५ देखि २० लिटर सम्म गोमूत्र संकलन गर्ने गरिएको छ ।

वैज्ञानिकका अनुसार गाईको पिसाबबाट निस्किने अमोनिया ग्यासले पर्यावरणलाई निकै हानी पु¥याउने एक तथ्यांकले बताएको छ । जसका कारण गाईलाई खुल्ला स्थानमा पिसाब गराउँदा भन्दा यो ट्वाइलेट डिभाइसमा पिसाब गराउँदा अमोनिया ग्यासको वातावरणमा उत्सर्जनमा आधाले कमी आउने विश्वास लिएको छ । पर्याप्त मात्रामा यी ट्वाइलेटको प्रयोग गर्न सकिएमा गोमूत्रबाट हुने प्रदूषणमा उल्लेखनीय रुपमा कमी आउने दाबी उनको छ ।

उनका अनुसार पशु शौचालय बनाएर मात्र हुँदैन । गाईलाई ट्वाइलेटमै पिसाब गर्ने बानी पनि बसाउनु पर्दछ । यदि गाईलाई सिकाउन सकिएमा गाईले ट्वाइलेटमा गएरै पिसाब फेर्दछ । गाईलाई ट्वाइलेटको बानी लगाउनु भनेको दुध दुहुने मेसिनमा बानी पारेजस्तै हो । अहिले यी शौचालयको परीक्षण पूर्वीडच सहर डोटिनिचेममा भइरहेको छ । त्यहाँका ५८ मध्ये ७ गाईले ट्वाइलेटमा मात्र पिसाब फेर्न सिकिसकेका छन् । सन् २०२० सम्ममा यो पशु ट्वाइलेट बजारमा ल्याउने योजना हेन्कको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here