कोरोना संक्रमित कूल मृतकको संख्या ६७५ पुग्यो

88

काठमाडौं -नेपालमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार ६ सय ३८ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५८ प्रतिशत छ । कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here