वाणिज्य महासंघको ५४ औं साधारण सभा अनलाइनबाट

63

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ।  महासंघको सभा मंसिर ११  र १२ गते काठमाडौंमा तय भएको छ।

साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुनेछ । नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

 साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ। निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ।

महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी चहलपहल सुरु भइसकेको छ। महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।  वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here