युद्द उन्मामादमा नलाग्न सरकारलाई माक्र्सवादी एकताकाे चेतावनी

107

काठमाण्डौ – माक्र्सवादी एकता अभियान नेपालले सरकार युद्द उन्मादमा लागेको आरोप लगाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी दिवस २०७७ । ०६ ।  ३० गतेका दिन सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ चन्दा संकलन गर्नेहरु विरुद्ध निमर्मतापूर्वक प्रस्तुत हुन भन्दै सार्वजनिक अभिव्यक्ति मार्फत निर्देशन दिएको सन्दर्भमा अभियानले आजै कार्तिक १ गते एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकारलाई खवरदारी र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।

िबज्ञिप्तमा  भनिएको छ – ‘सरकारी निकायबाट देशमा निर्लज्जतापूर्वक भ्रष्टाचार र राष्ट्रिय हित बिपरितका कामहरु भैरहेको यथार्थ नेपाली समाजमा लुकेको छैन । सरकारी निकायबाट भैरहेका भ्रष्टाचार र राष्ट्रघाती कृयाकलापहरुलाई  खबरदारी गर्न देशमा वामपन्थी शक्तिहरुबीच संयुक्त आन्दोलनको वातावरण बनिरहेको र राजनीतिक दलहरुमाथिको प्रतिबन्धसमेत फुुकुवा गर्न सडकबाट आवाज उठिरहेको वर्तमान अवस्थामा गृहमन्त्री रामबहादुर थापा बादलको अहंकारी र युद्ध उन्मादले उन्मत्त भएको अभिव्यक्ति आउनु सामान्य विषम अवश्य होइन भन्ने अभियानको ठहर छ ।

 सरकारले भ्रष्टाचार र राष्टघातजन्य कामहरु गरिरहँदा सरकारविरुद्ध गरिने आन्दोलननलाई आवश्यक परे चन्दा संकलन गर्नेहरुमाथिको नै निर्ममताका साथ प्रस्तुत हुन  दिइएको निर्देशनले भ्रष्टाचारविरोधी राजनीतिक दलहरुमाथि दमन गर्ने सरकारको बदनियत छर्लंग भएको छ । सरकारले संविधानमै उल्लेखित लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ ।

यस सम्बन्धमा माक्र्सवादको आवरणमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक ध्यान दिन र राजनीतिक दलहरुमाथि दमनकारी नीति अख्तियार नगर्न माक्र्सबादी एकता अभियान, नेपाल गम्भिरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र साथै गृहमन्त्रीको यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षणका लागि अनुरोध गर्दछ । धन्यवाद ।’ िबज्ञप्तिकाे सम्पूर्ण अंश  यसप्रकार छ –

‘गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी दिवस २०७७ । ०६ ।  ३० गतेका दिन सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ चन्दा संकलन गर्नेहरु विरुद्ध निमर्मतापूर्वक प्रस्तुत हुन भन्दै सार्वजनिक अभिव्यक्ति मार्फत निर्देशन दिएको सन्दर्भमा यस माक्र्सवादी एकता अभियान, नेपालको गम्भीर रुपले ध्यानाकर्षण भएको  ।

 सरकारी निकायबाट देशमा निर्लज्जतापूर्वक भ्रष्टाचार र राष्ट्रिय हित बिपरितका कामहरु भैरहेको यथार्थ नेपाली समाजमा लुकेको छैन । सरकारी निकायबाट भैरहेका भ्रष्टाचार र राष्ट्रघाती कृयाकलापहरुलाई  खबरदारी गर्न देशमा वामपन्थी शक्तिहरुबीच संयुक्त आन्दोलनको वातावरण बनिरहेको र राजनीतिक दलहरुमाथिको प्रतिबन्धसमेत फुुकुवा गर्न सडकबाट आवाज उठिरहेको वर्तमान अवस्थामा गृहमन्त्री रामबहादुर थापा बादलको अहंकारी र युद्ध उन्मादले उन्मत्त भएको अभिव्यक्ति आउनु सामान्य विषम अवश्य होइन भन्ने अभियानको ठहर छ ।

 सरकारले भ्रष्टाचार र राष्टघातजन्य कामहरु गरिरहँदा सरकारविरुद्ध गरिने आन्दोलननलाई आवश्यक परे चन्दा संकलन गर्नेहरुमाथिको नै निर्ममताका साथ प्रस्तुत हुन  दिइएको निर्देशनले भ्रष्टाचारविरोधी राजनीतिक दलहरुमाथि दमन गर्ने सरकारको बदनियत छर्लंग भएको छ । सरकारले संविधानमै उल्लेखित लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ ।

यस सम्बन्धमा माक्र्सवादको आवरणमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक ध्यान दिन र राजनीतिक दलहरुमाथि दमनकारी नीति अख्तियार नगर्न माक्र्सबादी एकता अभियान, नेपाल गम्भिरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र साथै गृहमन्त्रीको यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षणका लागि अनुरोध गर्दछ । धन्यवाद । – शम्भु कट्टेल –संयोजक मक्र्सवादी एकता अभियान , नेपाल । (मिति २०७७ । ०७ । ०१) ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here