नेपालका ख्रुश्चेभहरु विनाशको खाल्डोमा जाकिनु निश्चित छ

75
–हुकुमबहादुर सिंह

सबै खाले संशोधनवादीहरु ढिलो वा चाँडो  विनाशको खाल्डोमा जाकिनु निश्चित हुन्छ र नेपालका ख्रुश्चेभहरुवारे पनि सत्य हो । माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले ख्रुश्चेभले नेतृत्व गरेको सोभियत संशोधनवादका विरुद्ध गरेको सैद्धान्तीक सघर्षलाई कमजोर बनाउन त्यो बेला सोभियत संशोधनवादीहरुले लामो समयसम्म आफूहरुले माकर्सवादी–लेनिनवादी सिद्धान्त र समाजवादको पक्षमा रहेको वोकालत गरिरहेका थिए । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म उनीहरु कम्युनिस्ट हुन भन्ने भ्रम पार्न उनीहरुले झुटको साहारा लिएका थिए । तर इतिहासले प्रमाणित ग¥यो कि उनीहरुको लाइन पुँजीवादको पुस्र्थापनाको लाइन थियो न कि समाजवादको स्थापना ।

यो त थियो, एउटा कम्युनिस्ट देश त्यो पनि लेनिनको नेतृत्वमा माहान अक्टोवर समाजवादी क्रान्ति सफलतापूर्वक सम्पनन गरेर समाजवादको मार्गतर्फ लम्किरहेको विश्वको पहिलो कम्युनिस्ट देश, ख्रुश्चेभहरुका कारण पुँजीवादको पुस्र्थापना गरियो । नेपालको त्यो अवस्था त होइन, तै पनि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको लागि भनेर दश वर्से जनयुद्ध गरी हजारौ नेपालीहरुलाई सहीद बन्न उत्प्रेरित गरेका नेताहरुले ती सहीदप्रति धोका दिएर भुतपूर्व एमाले, जो पाँचौ महाधिवेशनपछि जनताको बहुदलीय जनवादको नाममा मदनभण्डारीको नेतृत्वमा नेपालका ख्रुश्चेभहरु बनेका थिए, का अगाडि आत्मसमर्पण गर्दै नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) गठन गरेका छन्, समग्रतामा ती पनि नेपालका नयाँ ख्रुश्चेभहरु बनेका छन् ।

अहिले नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) नयाँ ख्रुश्चेभहरुले सोभियत संघका ख्रुश्चेभहरुले जस्तै आफूहरुले माकर्सवादी–लेनिनवादी सिद्धान्त र समाजवादको पक्षमा काम गरिरहेको वोकालत गरेका छन् । नेपाली जनता र नेपाली कम्युनिस्ट आन्दोलनमा यिनीहरुले पनि लामो समयसम्म उनीहरु कम्युनिस्ट हुन भन्ने भ्रम पार्न उनीहरुले झुटको साहारा लिएका छन् । तर भावी इतिहासले प्रमाणित गर्ने स्पष्ट छ कि उनीहरुको लाइन राष्ट्रिय पुँजीवाद पनि होइन, दलाल, नोकरशाही र विचौलीयाहरुको हीतगर्ने पुँजीवादकोे लाइन हुनेछ र उनीहरुले भन्ने गरेको समाजवाद यिनै वर्गका लागि हुने स्पष्ट छ ।

त्यसैले त नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) पार्टीका नेताहरुको बोली र व्यवहार पटक्कै मिल्दैन र यस्तै प्रवृत्तिका कारण अहिले उनीहरुकै पार्टी भित्रबाट प्रश्न उठ्न थालेको छ– यो पनि कम्युनिस्ट पार्टी हो र ? हामी पनि कम्युनिस्ट पार्र्टीका सदस्य हौ र ? के यसरी यस्तो पार्टीका यस्ता नेताहरुबाट देशमा समाजवाद ल्याउन सम्भव छ ? नेपाली जनताले पनि देखिरहेका छन् नी कम्युनिस्टहरुको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार छ तर नेपालका श्रमिकहरु, किसान, गरिब तथा विपन्नहरु लगातार निरीह बन्दै गएका छन् । ठेकदारहरु, विचौलियाहरु, दलालहरु र सबै स्वदेशी र विदेशी प्रतिक्रियावादीहरु रमाइरहेका छन्, खुशी छन् । सरकारमा गएकाहरुको धन्दा कमाउने भएको छ । जनताको नजरमा ती कमाउनिष्ट बनेका छन् । कमाउन नसकेका नेता तथा कार्यकर्तामा निराशा देखिन थालेको छ । केही इमान्दार छन्, ती साच्चै चिन्तीत देखिएका छन् । चिन्ता मात्रै जाहेर गर्दछन्, तर विद्रोह गरेर क्रान्तिकारी बन्न सकिरहेका छैनन । नेपाली कम्युनिस्टहरुका लागि यो बढता चिन्ताको विषय बनेको छ ।

अहिले केपीओली, पुष्पकमल दाहाल, माधव नेपाल, बामदेव गौतमआदिको माकर्सवाद, लेनिनवाद र समाजवादका कुरा आ–आफ्ना शक्तिकेन्द्रहरु खडा गरेर एकले अर्कोलाई कसरी सिध्याउने भन्ने तानाबाना बुन्ने काममा केन्द्रीत बनेको छ ।  कहिले केपीओली, पुष्पकमल दाहाल मिलेर माधव नेपाल, बामदेव गौतमलाई तहलगाउने काम गर्दछन् त कहिले पुष्पकमल दाहाल माधव नेपाल र बामदेव गौतम मिलेर केपीओलीलाई सत्ताच्युत गर्ने सपना बुनीरहन्छन् । जनता भोक र रोगले ग्रस्त छन्, यी कसैलाई जनताको चिन्ता छैन ।

अहिले नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) भित्रका एक थरी ‘इमान्दारहरु’ ‘परिवर्तनको पक्षमा आन्दोलन गरेका पार्र्टी र नेता नै प्रतिगमनतिर लागे’ भनेर चिन्ता गरीरहेका देखिन्छन् । ती ‘इमान्दारहरु’ले के बुझ्नु अति आवश्यक छ भने इतिहासमा धोका र प्रतिगमन भनेको यस्तै परिवर्तनको पक्षमा आन्दोलन गरेका पार्र्टी र नेताबाटै हुने हो । ख्रुश्चेभ, देंग शियाओफिंगआदि पनि नेपालका यी नेताहरुले भन्दा परिवर्तनको पक्षमा गरिएका आन्दोलनमा कम सहभागी थिएनन नि । विश्वभरका संशोधनवादीहरुको हालत यस्तै हो । विश्वभरका कुनै पनि संशोधनवादीहरु सर्वहारावर्ग र विश्व समाजवादी व्यवस्थाका महानतम हितहरुका विरुद्ध रहेका हुन्छन् र नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)का नेताहरको  वर्तमान र  भविश्यवारे पनि यो सत्य हो ।

भरखरै नेपालमा २१वटा वाम राजनीतिक दलहरु र संगठनहरुले कार्यगत एकता गरेर  नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)का संशोधनवादी सिद्धान्त र कार्यशैलीका विरुद्ध एकजुट भएर निर्णयात्मक संघर्ष गर्ने योजनाका साथ अगाडि आएका छन्, जसले नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)का संशोधनवादी सिद्धान्त र कार्यशैलीका विरुद्ध एकजुट भएर जनताका बीचमा जाने छन् र नेपाली क्रान्तिलाई फेरी एक पटक सही दिशा निर्देश गर्ने छन् । नेपालका ख्रुश्चेभहरु विनाशको खाल्डोमा जाकिनु निश्चित छ र क्रान्तिकारीहरुले फेरी नेपालका ख्रुश्चेभहरुले बाटैमा फयाकेको क्रान्तिको झण्डालाई उँचा उठाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here