बाग्लुङको शेराबजारमा वाणिज्य बैंकको २४२ औं शाखा

58
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरे ।

उक्त अवसरमा जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने   बताए ।

बैक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनि नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here