सुदूरपश्चिममा ५२ जना सांसदहरुले शपथ लिए

41

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् ।

त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन् । शपथमा ६ जनाले मातृभाषामा शपथ लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here