काेराेना महामारीमा तीन कृति प्रकाशित 

195

काठमाडाैं –  कोराना कहरकाबीच विभिन्‍न विधाका तीन कृतिहरू प्रकाशनमा आएका छन् । नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथासङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन् ।

खेम थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्‍न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको जनाइएको छ । नौ दृश्यमा लेखिएको ‘माओ जे दोङ’ नाटक १६० पृष्ठको छ ।

कथाकार आरपी तिमिल्सिनाद्वारा लिखित ‘अङ्कुरण’ कथासङ्ग्रहमा १७ वटा कथाहरू सङ्गृहीत छ । उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’मा जनयुद्ध, सङ्क्रमणकाल र एकीकृत जनक्रान्तिका सन्दर्भहरूलाई औपन्यासीकरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here