ग्लोबलद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

69

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here