विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन

190

काठमाडौ – जेम्स बन्डको अभिनय गर्ने विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ ।

स्कटल्यान्डका चर्चित अभिनेता कोनरीले बेलायती जासुसको अभिनय गरेका थिए ।

सिनेमामा चर्चित अभिनय गर्ने उनले दशकौंको अभिनय कालक्रममा अस्कार, बाफ्टा र गोल्डन ग्लोभ्स जस्ता धेरै पुरस्कारबाट सम्मानित भएका थिए ।

ओरिजनल जेम्सबन्डको अभिनेताको रूपमा प्रसिद्धी कमाएका कोनरीले जर्ज लुकाससिर्जत र स्टिभन स्पाइलबर्गद्वारा निर्देशित लोकप्रिय सिरियलमा इन्डियान जोन्सका पिताको रूपमा समेत अभिनय गरेका थिए ।

महारानी एलिजाबेथद्वारा सन २०००मा कोनरी नाइटको सम्मानबाट सम्मानित भएका थिए ।

कोनरीको परिवारले उनको मृत्युको खबरलाई पुष्टि गरेको छ । तर उनको मृत्युको कारण उल्लेख नगरिएपनि कमजोर स्वास्थ्यका कारण मृत्यु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here