विश्वभर संक्रमितको संख्या ४ करोड ९२ लाख पुग्याे

83

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ९२ लाख नाघेको छ।  शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ९२ लाख  ४७ हजार ३ सय ८६ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ९७ लाख ३२ हजार ९ सय ३२  पुगेको छ। त्यस्तै भारतमा ८४ लाख ११ हजार ७ सय २४, ब्राजिलमा ५६ लाख ३१ हजार १ सय ८१ र रुसमा १७ लाख २० हजार ६३  जनामा  संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ४१ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १२ लाख ४१ हजार ९ सय ७४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ३६ हजार ६४,  ब्राजिलमा १ लाख ६२ हजार १५, मेक्सीकोमा  ९४ हजार ३ सय २३, बेलायतमा ४८ हजार ५ सय ६५, इटालीमा ४० हजार ६ सय ३८ जनाको मृत्यु भएको छ  ।

विश्वभर तीन करोड २४ लाख २४ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन्।  शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५१ लाख १८ हजार १ सय ५६, अमेरिकामा ३८ लाख १० हजार ७ सय ९१, रुसमा १२ लाख ८८ हजार ९६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ८८ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार  ७० जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८४ लाख ११ हजार ७ सय २४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २४ हजार  ९ सय ८५ पुगेको छ। भारतमा हालसम्म ७७ लाख ६५ हजार ९ सय ६६ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ४० हजार २ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ९ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १७ हजार ८६ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख १७ हजार  ४ सय ७५ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ३६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ३५ हजार २७ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ९ सय ७५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ४ सय ४०  जना उपचारपछि निको भएका छन्। माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ९ सय ९२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३९ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ४१ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १२ हजार ९ सय ७० जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ३० छ भने निको हुनेको संख्या ७ हजार १ सय ८६ रहेको छ। भुटानमा संक्रमितको संख्या ३५८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३३३ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here