कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ बर्ष पछी पक्राउ

62

सुनसरी-जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय कृष्ण कुमार धामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यी प्रतिवादी लगाएत अन्य साथीहरु समेतले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती-४ का सुनेर कुमार ठाकुरलाई सामान्य बादबिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी।पी।कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो । घटना घटाई फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल मंसिर १२ गते उर्लावारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी-६ का ३२ बर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here