आज १२७२ संक्रमित थपिए, १६ को मृत्य

88

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।  आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here