एजेन्सी – छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ ।
२३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आत्महत्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला हो । त्यस ठाउँमा साँझ पर्न थालेसँगै माहौल बदलिन्छ ।
सूर्यास्त हुनुअघि बाटै यहाँ सन्नाटा छाउँछ । स्थानीय मानिसहरुका अनुसार उक्त ठाउँमा प्रेत आत्मा भड्किरहेको हुनाले नै मान्छेहरुलाई आत्महत्याका लागि बाध्य पार्दछ ।
कतिपय मानिसहरुले जीवनबाट दिक्क भएर आत्महत्याकै लागि त्यहाँ जाने गरेको बताइन्छ ।