संसारभरका नागरिकलाई नेपाल घुमेर रोमाञ्चक बनाउनुहोस् : पर्यटनमन्त्री भट्टराई

184

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिनुभएको छ ।

भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई आग्रह गर्नुभएको हो ।

संसारमै नभएका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा नेपालमा भएको भन्दै यहाँ घुमेर जिन्दगीभर सम्झनेगरी अद्भुत अनुभव लिन आह्वान गर्नुभयो ।

उहाँले नेपालमा दिगो शान्ति स्थापना हुने वातावरण बनेको र लगानीको लागि उत्तम गन्तव्य बन्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

गौतम बुद्ध र सगरमाथाको देशमा पर्यटनको क्षेत्रमा परिवर्तन भैरहेकाले यहाँ लगानी गरेमा प्रतिफलको चिन्ता नहुने पनि उहाँले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here