
एजेन्सी – रुसले सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो ।
रुसले जनसंख्या, उमेर र जोखिममा काम गर्ने हेरेर भ्याक्सिन लगाउन थालेको छ । खतरामा काम गर्ने स्वास्थ्यकर्मी, शिक्षकलगायत भ्याक्सिन पाउने प्राथमिकतामा परेका छन् । रुसले ४२ दिनभित्र भ्याक्सिन अभियान पूरा गरिसक्ने लक्ष्य लिएको छ ।
यसअघि रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । रुसको गेमिलियाले स्पुतनिक भी नामको भ्याक्सिन विकास गरेको थियो ।