देशभर कूल संक्रमित संख्या २ लाख ४४ हजार ४३३ पुग्याे, थप १०५६ जनामा संक्रमित

34

काठमाडाैं –  पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् ।

यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here