पलेस्वाँ पुखु संरक्षणका लागि भक्तपुर नगरपालिकाकाे ऐक्यबद्धता

238

भक्तपुर –  पुर्खाले सिर्जेका एतिहासिक पाेखरी तथा सम्पदा बचाउ विगत लामाे समयदेखि क्रियाशील रहनु भएका नेपाल सम्पदा संरक्षण परिषद्का अध्यक्ष भागवत नरसिहं प्रधान र भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाका जनप्रतिनिधिसँग सम्पदा संरक्षणका विषयमा अन्तरक्रिया मंशिर १९ गते शुक्रबार कार्यक्रम भएकाे छ ।

भक्तपुर नगरपालिकाे  शैक्षिक अवस्था लगायत विकास निर्माणकाबारेमा जानकारी दिदै थँबही (ठमेल) स्थित पलेस्वाँ पुखु संरक्षण (कमलपोखरी) का लागि  भागवत नरसिंह प्रधानकाे संघर्षप्रति साथ दिने उल्लेख गर्दै  वडाअध्यक्ष रबिन्द्र ज्याख्वःले  प्रशंसा गरी स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा  परिषद्का अध्यक्षद्वय प्रधानले सभ्यताकाे विकासका क्रममा मानवले श्रृजना गरेका पाटीपाैवा, मठमन्दिर, पाेखरी मूर्त अमूर्त सम्पतिलाइ देशकाे पर्यटनसित जाेडेर अघि बढ्नु पर्नेमा जाेड दिदैं भने, भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण अग्रणी भूमिका खेल्दै भक्तपुरकाे मात्रै नभइ देशकै पहिचान, सम्पदा संरक्षण सम्बर्द्वनमा लागिरहेकाेमा अग्रणी स्थान रहेकाे जनाए । क्षणीक व्यक्तिगत स्वार्थका लागि, जनचेतनाका अभाव, राज्यकाे खासै  नीतिगत नहुँदा सार्वजनिक सम्पत्ति अधिकरण भएकाेप्रति दुखः व्यक्त गरे । उनले थप्दै भने, काठमाडौंको ठमेलस्थित पुरातात्त्विक कमलपोखरी संरक्षण र पुनर्स्थापना अभियानमा सम्पूर्ण भक्तपुरबासीकाे  निरन्तर साथ, सहयोग  पाइरहनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेतृत्वकाे हैसियतले अघि बढ्नु पर्छ, जाेखिम नमाेलिकन कुनै पनि चीज प्राप्त नहुने  भएकाेले देश र समाजकाे उत्थानका लागि गरिएकाे काममा द्दढ संकल्पका साथ अघि बढ्नु पर्नेमा जाेड दिदै भन्नुभयाे  अहिले देशमा विदेशी अतिक्रमण बढ्दै छ, सार्वजनिक सम्पदा अतिक्रमण भइरहेकाले जाेगाउनका लागि सम्पदाप्रेमीहरू एक हुनु पर्नेमा धारणा राखे ।  नगरवासीको सहयोगका कारण  विदेशी सहयोग बिना सम्पदा पुनर्निर्माण कार्यलाई तीव्रता पाइरहेकाेले  यहाँका  संस्कार, संस्कृति सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरू आदि संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका  अघि बढि रहेकाे जनाए ।

No description available.

नगर प्रमुख प्रजापतिले परिषद्लाई भक्तपुरले अहिलेसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाको विवरण समेटिएको ‘फोटो पुस्तक’ र नगरपालिकाका केही प्रकाशन उपहारस्वरूप प्रदान गरेका थिए भने भक्तपुर–९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्वले प्रतिनिधि टोलीलाई भक्तपुरको भादगाउँले टोपी र थैली दिई स्वागत गरेका थिए। सोही क्रममा अध्यक्ष भागवत नरसिंह प्रधानले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा भक्तपुर-७ का वडाध्यक्ष उकेश कवांले समेत  सम्बोधन गरी  नगरपालिकाका तर्फबाट जौबन कोजुले भक्तपुरको धार्मिक एतिहासिक, सांस्कृतिक, भाैगाेलिक अवस्था तथा  सांस्कृतिक सम्पदाबारे भिजुलाइज  प्रस्तुत गरेका थिए ।  नगरभित्रका  सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेजु परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायतका सम्पदाको स्थलगत अवलोकन गरेका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here