काठमाडौं – कोरोना कहरको कारण ठप्प भएका सम्पु्र्ण क्षेत्रहरु सञ्चालन हुने क्रम जारी छ । विगत ९ महिना बन्द भएको चलचित्र क्षेत्रमा पनि चहलपहल सुरु भएको छ । हुन त दशै पछिबाट फिल्मको छायांकन भइरहेका छन् । केही दिन अगि सरकारले पनि छायांकन गर्न अनुमति दिएको छ । पौष १० गतेबाट सिनेमा हल व्यवसायीहरुले हल खोल्ने निर्णय गरेका छन् । तर सरकारले भने यसबारेमा कुनै पनि निर्णय गरेको छैन् ।
निर्माता संघका महासचिव रोज राणाले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अफ्ठेरो परिस्थितिबाट केही हदसम्म चलचित्र निर्माणलाई राहत तथा प्रोत्साहन गर्नका लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चलचित्र विकास बोर्डले सोही प्रोजेक्ट बीमालाई, नेपाल सरकारले चलचित्र छायांकन फुकुवा गरेको मितिबाट ०७८ अषाढ मसान्तसम्मका लागि चलचित्र निर्माण ईजाजत लिइने सिनेमाहरुको हकमा चलचित्र प्रोजेक्ट बीमा सञ्चालन कार्यविधि, २०७७ सञ्चालनमा ल्याएको छ ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘उल्लेखित समायवधि भित्रमा निर्माण इजाजत लिई छायांकनमा जाने सिनेमाहरुलाई उक्त कार्यविधिले निर्देश गरेबमोजिम रु १ लाख ५० हजार रुपैयाँ सम्मको बीमा शुल्क उपलब्ध हुनेछ ।’


















