निफको चौथो संस्करण फागुन-वैशाखमा महोत्सव हुने

255

फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकाले आगामी २३ देखि २७ वैशाखमा आयोजना गरिने आयोजकले जनाएको हो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सनि हुँदै आएको फेस्टिभलको नयाँ मिति तोकिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘महामारीका कारण फिल्म मेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रूपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी नहुने देखिएपछि केही समय कुर्दा पुरानै स्वरूपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही समयलाई स्थगित गर्ने निर्णय गरेका हौं,’ अध्यक्ष पाठकले भने

पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्नेगरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आयोजकले आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय चलचित्रले सहभागिताको लागि आवेदन दिएका छन् । यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची यही फेब्रुअरी २० सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष पाठकले जनाएका छन् ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ । बेस्ट पेन्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।

यस्तै, भने इन्टरनेसलन फेड्रेसन अफ फिल्म सोसाइटीको जुरीको तर्फबाट आईएफएफएस डोन क्युजोटो अवार्ड पनि प्रदान गरिनेछ । यसैगरी, अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिने पनि अध्यक्ष पाठकले जानकारी गराए ।

यस्तै नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । योबाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here