जोशी स्मृति चेस शुरु

164

ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुल्ला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट आइतबार शुरु भयो । लुँखुसी ललितपरस्थित श्रमजीत किशोर माविमा संचालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरु सम्पन्न भए । जसमा पूर्व नेपाल च्याम्पियनद्धय फिडेमास्टर मनिष हमाल, सुरबीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल र माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारी समान ३ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् ।

ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा स्वीस लिग ९ चरणका खेल हुनेछन । दुई दिने खेलमा उत्कृष्ठ २५ जनाको लागि कुल ८५ हजार नगद पुरस्कार रहेको छ । जसमा विजेता खेलाडीले नगद १५ हजार, दोश्रा हुनेले १० हजार, तेश्राले ७ हजार पुरस्कार पाउनेछन् । यस टुर्नामेन्टमा १२ जिल्लाबाट ६७ जना खेलाडीहरु सहभागी छन् । विजयी तथा सहभागीहरुलाई सोमबार अपरान्ह ४ः०० बजे नगद तथा प्रमाण पत्र प्रदान गरिने कार्यक्रम आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here