काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय २१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ ।


















