कोरोना बिरामीले भरेपछि लण्डनकाे अस्पताल धर्मसंकटमा

85

एजेन्सी –  लण्डनका अस्पतालहरु कोरोनाका बिरामीका कारण भरिएको छ । जसकारण, कसलाई क्रिटिकल केयर उपलब्ध गराउने र कसलाई नगराउने भन्ने विषयले चिकित्सकहरुलाई धर्मसंकटमा पारेको छ । अस्पतालहरुले युवा बिरामीलाई प्राथमिकतामा राखेको पनि समाचारमा जनाइएको छ ।

राजधानीका स्वास्थकर्मीहरुका अनुसार बेडको अभावपछि इमर्जेन्सी गाइडलाईन लागु गरिएको छ । डाक्टरहरुले रोजेर बिरामीको उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ । भाइरसबाट मृत्यु हुने जोखिममा रहेका वृद्धवृद्धाभन्दा युवा बिरामीहरुलाई प्राथमिकतामा राखिएको छ ।

इम्पेरियल कलेज लण्डनकी मेडिसिन विभाग प्रमुख डाक्टर कथारिना हउक भन्छिन्, ‘लण्डनका अस्पतालहरु भरिएका छन् । आपतकालीन सेवाको आवश्यकता पर्ने सबै बिरामीहरुका लागि यो निकै खतरापूर्ण अवस्था हो । दुखद् रुपमा केही अस्पतालहरुले रोजेर बिरामीलाई उपचार गर्नुपर्ने अवस्था निम्तिएको छ ।’ बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघिसकेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ स्ट्रेन बेलायतमा तिव्र फैलिएकाले सरकारले लकडाउन घोषणा गरेको छ । अत्यावश्यकबाहेक अन्य काममा हिंडडुल गर्न रोक लगाइएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ८० हजार नाघिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here