मातृभाषा सचेतना दिनका लागि एक दिने नेपाल भाषा प्रशिक्षण तालिम सम्पन्न

182

नेवाः विद्यार्थी युनियनको आयोजनामा दोस्रो पटक “मातृभाषा सचेतना एक दिने नेपाल भाषा प्रशक्षिण तालिम” सम्पन्न भएको छ ।

पुष २५ गते शनिबार सम्पन्न भएको प्रशिक्षण तालिममा विगत १९ बर्षदेखि शिक्षण पेशामा आवद्र्ध रहनु भएका एवम् नेवाः वस्ति नेवाः अभियानका सदस्य तथा कीर्तिपुर माध्यामिक विद्यालयका नेपाल भाषा शिक्षक समेत रहनु भएका देव आनन्द महर्जनले बि. ए. तहमा नेपाल अध्ययरतमा विद्यार्थीलाई रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गको क्याम्पसमा तालिम लिएका थिए ।

शिक्षक महर्जनले नेपालमा राई, मगर, लिम्बु, थारु, गुरुङ्ग लगायत गरी करिव १३० जति भाषा रहेका जनाउँदै सम्पूर्ण भाषाको संरक्षण सम्बद्र्धन गर्न सरकारले पहल गर्नु पर्ने तथा सम्पूर्ण नागरिकहरुलाई भाषिक अधिकार दिनु पर्नेमा जोड दिएका थिए ।

उक्त प्रशिक्षण तालिममा रत्न राज्य लक्ष्मी क्याम्पसमा बि.ए. प्रथम, दोस्रो, तेस्रो तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वि.सं. २०७४ सालमा सम्पूर्ण शिक्षाप्रेमी, न्यायप्रेमी विद्यार्थी, मातृभाषाअनुरागी नेपालभाषा अभियन्ता, शिक्षकहरुको पहलमा पुनःस्थापना  गर्न सफल भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here