जसपाद्वारा थप विरोध कार्यक्रम सार्वजनिक

242

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन गर्ने, २८ गते मसाल जुलुस गर्ने लगायत रहेका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक सूचना जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका ९महानगर, उपहामानगर, नगर, गाउँपालिका र वडास्तरमा स्थानीय स्थितिअनुरुप विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here